वि.सं. २०१४ साल अगावै नापी विभागको र २०२१ सालमा भुमिसुधार विभागको स्थापना भई दुवै विभागले छुट्टाछुट्टै रुपमा काम गरी आएकोमा ताप्लेजुङ जिल्लामा पनि भुमिसुधार र माल अड्डा अलग अलग स्थापना भई काम सञ्चालन भई आएको थियो | वि.सं. २०४२-४३ सालमा पहिलो पटक नापी हुँदा नापी गोश्र्वारा बाट परिवर्तित नापी कार्यालय २०५६|११|१३ देखी भन्न थालिएको हो | ताप्लेजुङ नापी कार्यालयमा जिल्लाको सम्पूर्ण नक्सा तथा फिल्ड बुक सुरक्षित तथा हाल डिजिटल डाटा सहित कम्प्युटरमा (NeLIS) सेवा प्रवाह गर्दै गरेको अवस्था छ | यस नापी कार्यालय ताप्लेजुङ जिल्ला अन्तर्गत साबिक 50 गा.बि.स. ,हाल 61 वडा ( 8 गाँउपालिका र १ नगरपालिका गरि जम्मा ९ स्थानिय तह)को कित्तानापी नक्सा अध्यावधिक तथा भूमि सम्बन्धी नाप जाँच (नयाँ नापी बाहेक) जग्गा प्रशासन सम्बन्धित नक्सा , फिल्ड बुक , श्रेस्ता सम्बन्धि कार्य गर्दै आएको छ |यो कार्यालय ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका वडा नं. ७ मा रहेको छ।
ताप्लेजुङ जिल्लाको भौगोलिक अवस्था हेर्दा ३६४६ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ।
यो जिल्लाको उत्तरमा तिब्बत, पश्चिममा संखुवासभा जिल्ला, दक्षिणमा तेह्रथुम जिल्ला र पाँचथर जिल्ला र पूर्वमा सिक्किम (भारत) जिल्लाले घेरिएको छ। भौगोलिक रूपमा, जिल्ला 27° 06' देखि 27° 55'N को अक्षांश र 87°57' देखि 87°40' E को देशान्तरमा अवस्थित छ।